सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

पार्वतीको बिहेको चहलपहलले घरमा बिहानैदेखि एकदम रमाइलो वातावरण थियो । बुवा आमा दाजुभाइ र बैनी सब एकदम खुसी देखिन्थे । किनकि पार्वतीले एकदम सम्पन्न राम्रो र असल केटा पाएकी खिइन् । पार्वती रूपमा अत्यन्त सुन्दर भएको नाताले ती धनाढ्य डक्टर पढी सकेका केटाले उनलाई अत्यन्त मन पराएर विवाह गर्न लागेका थिए ।

जन्ती पनि हिँडिसकेका थिए, यता दुलहीको घरमा पार्वतीलाई सजाएर मण्डपमा राख्न तयारी  हुँदै थियो । पार्वतीका सबै साथीसंगी, नातेदारहरू र घरका सबै जना जन्तीलाई हेर्न त स्वागत गर्न तल आँगनमा ओर्लिए । पार्वती पनि आफू कतिको राम्री भइछु भनेर ऐना अगाडि उभिएर आफूलाई निंयालि निंयालि हेर्दै थिइन् । यतिकैमा अकस्मात् कसैले पछाडिबाट हलचल नै गर्न नसक्ने गरीकन उनलाई समात्यो र जोरसँग ढोका बन्द गरी पलङमा पल्टायो मुखमा पट्टि लगाई दियो र भन्यो- आवाज निकालिस् या चिच्याउने कोसिस गरिस् भने छुरा रोपेर मार्दिन्छु र आफू झालबाट फालहाली भाग्छु !

पार्वती चिच्याउन त के डरले अर्ध बेहोस भइन् । त्यो अपरिचितले पार्वतीको इज्जत लुटी आफू घरको कुनै कुनामा लुकेर बस्यो र सबै यताउता लागेको बेलामा भाग्यो । तलबाट दुलही लिन साथीहरू, बैनी र आमा सबै आए तर कोठाको ढोका बन्द पाएर सबैले पार्वतीलाई बोलाए । हल्ला खल्ला मच्चियो । १० १५ मिनेट पछि ढोका फुटालियो र भित्र पसी हेर्दा दुलहीको त्यो अवस्था देखेर आमा रुन कराउन लागिन् सबैतिर हल्ला फिँजियो । तर हुनेवाला दुलाहामाथि आई दुई मिनेट पार्वतीसँग एक्लै कुरा गर्छु भने ।

मदनले पार्वतीलाई सोधे- ‘तिमीलाई यस्तो गर्ने केटा को हो ? तिमीले त्यसलाई पहिल्यैदेखि चिनेकी थियौ ?’

पार्वतीले रुद्धै आफूले त्यो केटालाई कहिल्यै नदेखेको, कहिल्यै नचिनेको बत्ताइन् ।

मदनले तुरुन्त भने उसो भने- तिमी धन्धा नमान म तिमीलाई स्वीकार गर्छु । जाऊ नुहाई धुवाई गरी आऊ । लुगा गहना फेरि लगाई सजिएर बस । ‘यो कुरा तिम्रो परिवार र ममा मात्र सीमित रहनेछ म तिमीलाई विवाह गरेर लैजान्छु ।’

तर एक कान दुई कान नराम्रो कुरा तुरुन्त फैलियो र केटा पक्षका सबैले मदनलाई सम्झाउँदै भने- ‘भैगो फिर्ता जाऊँ बाबु यस्तो अलच्छिनी केटीसँग तेरो बिहे हुन सक्दैन । हामी यसलाई स्वीकार गर्न सक्दैनौँ ।’

तर मदनले पार्वतीको केही दोष नभएको र आफू पार्वतीसँग विवाह गरी छोड्ने अडान लिन थाले । तर पार्वती भने मदनलाई सम्झाउँदै भनिन् ‘हेर्नुहोस् तपाईँ जतिसुकै पढ़ें लेखेको र विशाल ह्रदयको भए पनि यो समाजले आफूलाई नस्विकार्ने र मदनको जिन्दगी नबिगार्ने पक्षमा भएकोले मदनसँग विवाह गर्न नसक्ने कुरा र त्यो अपरिचित पुरुषलाई खोजी दण्ड दिलाएरै छाड्ने अठोट गरिन् !’

घरका सबै परिवार मिली पार्वतीलाई धेरै सम्झाए । हेर छोरी यस्तो भलादमी र असल केटा भाग्यले मात्र पाइन्छ । मदनले भने झैँ चुपचाप रहेर मदनसँग विवाह गरी जान सबैले दबाब दिन्छन् तर पार्वती भने आफ्नो कुरामा अडिग रही बुवा आमा र सबै परिवारलाई भन्छिन् ‘म तपाईँहरूमाथि बोझ बन्दिन बिन्ती मलाई मदनसँग विवाह गरी जान कर नगर्नुहोला । म आफूमाथि परेको बज्रपातको छानबिन गरेरै छोड्ने र दोषीलाई कार्यवाही गरेरै छाड्ने निर्णय सुनाउँछिन् ।’

सबै जनालाई पुलिसमा रिपोर्ट गर्न र त्यो असत्तीलाई खोजेर ल्याउन बाध्य पार्छिन् । अन्त्यमा सबैले हारेर पुलिसमा रिपोर्ट पनि गरिन्छ र त्यही गाउँको एउटा केटाले भन्छ मलाई राजनैतिक डर धम्की र पैसाको लोभ देखाएर यो काम गर्न लगाइयो । मलाई माफ गर्दिनोस् म जस्तो सजाएँ भोग्न पनि तयार छु भन्छ । तर पार्वती भने एउटा सर्तमा आफू त्यो केटालाई माफ गर्न सक्ने बताउँछिन् । उनको कुरा सुनेर  सबै जना अचम्मित भई यस्तो जघन्य अपराधीलाई माफ गर्न नहुने कुरा गर्छन् र बढीभन्दा बढी सजाएँ दिनुपर्ने भन्छन् । कोही पुलिसलाई जिम्मा लगाई दिने कुरा गर्छन् भने कोही यसलाई फाँसीसम्म दिन पछि पर्न नहुने बताउँछन् ।

सबै जना लाखापाखा लागिसकेपछि पार्वती भने त्यो आफ्नो इज्जत लुट्ने केटालाई कुनै पनि हालतमा आफूले नै सजाएँ दिने कुरामा सबैलाई विश्वास दिलाउँछिन् र आफ्नो अगाडि उपस्थित गराउन बुवा आमालाई अत्यन्तै कर गर्छिन् ।

बुवा आमाले पनि मनले सकी नसकी उनले भनेको कुरा मानेर त्यो केटालाई उपस्थित गराउँछन् १

पार्वतीले त्यो केटालाई भनिन ‘तपाईँ मसँग बिहे गर्नुस्’ सबै जना छक्क पर्छन् ।

बुवा आमा पार्वतीलाई अति रिसाउँछन् तँ पागल हुन लागिस् कि क्या हो भनि अत्यन्त क्रोध गर्दै भन्छन् ‘के हो तेरो चाला ?’ सबै नातेदारले धेरै सम्झाउँछन् १ कोही रिसाएर हिँड्छन् । तर पार्वती कसैको कुरा नसुनी आफ्नै कुरामा अडिग रहन्छिन् र त्यो केटालाई कुनै पनि हालतमा आफूसँग विवाह गर्न भन्छिन् ।

त्यो केटा पनि अलमल्लमा पर्छ र भन्छ आफू जेल जानबाट बच्ने भए पार्वतीसँग विवाह गर्न राजी हुन्छ ।

यसरी पार्वतीले आफ्नो धनाढ्य पढे लेखेको र सज्जन मदनसँग हुन लागेको विवाहकै दिन आफ्नो इज्जत लुट्ने केटा श्यामलाई आफूसँग विवाह गर्न लगाई श्यामलाई धेरै सम्झाई बुझाई आफूलाई बलात्कार गर्न लगाउने को हो पत्ता लगाई सामाजिक मुद्दा र राजनैतिक जीवन खतम पार्न लगाई छोडिदिन्छिन् । तर आफ्नो निधारमा लाग्न लागेको कालो कलङ्क हटाई आफूलाई नै बरबाद पार्न लागेको श्यामसँग विवाह गरी, उसको र आफ्नो आत्म कथा लेखि यो पुस्तक वेस्ट सेलर २०५० बनाई, अविरल साहित्यिक सेवा पनि गर्दै छिन् र अर्कै सहरमा बसाइँ सरी बस्दैछिन् ।

श्यामलाई पनि सामाजिक अपहेलना हुन नदिई आफैँ दण्ड दुई आफ्नो र श्यामको इज्जत बढाई अहिले पनि राम्रो जिन्दगी बिताई रहेकी छिन् । र सधैँ भन्ने गर्छिन् तपाईँहरूले मलाई अर्कै केटासँग बिहे गरिइदिएको भए पनि म मनमा एउटा मेट्न नसकिने बोझ लिएर बाँचिरहेकी हुन्थे । बरु मेरो भाग्यमा यही लेखिएको रहेछ बुवा भैगो चित्त नदुखाउनुहोस् मैले यो केटा र आफ्नो जिन्दगी बरवाद हुनबाट बचाउने यही उपाय रोजेँ ।

गृष्मा पौड्याल
टोकियो जापान

तपाईको प्रतिक्रिया