शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानको कब्जापछि सोमबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडानको विमान अवतरण गरेको छ ।

कतारी सञ्चार माध्यम अल जजिराले पाकिस्तन एयरलाइन्सको व्यवसायिक उडानको विमान काबुल विमानस्थल पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि पाकिस्तान एयरलाइन्सको विमान काबुल पुगेको जनाएको छ ।

गत १५ अगस्टमा तालिबानले काबुल कब्जामा लिएपछि ३१ अगस्टसम्म काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । अमेरिकी सेना फर्किएपछि विमानस्थल तालिबानको कब्जामा छ ।

विमानस्थल तालिबानको कब्जा गएपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायकि उडान भएको हो । सोमबार पाकिस्तानबाट १० जना यात्रु लिएर सो विमान काबुल विमानस्थलमा अवतरण गरेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया