शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं — उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार यसबारे जानकारी दिएको हो ।

सप्ताहन्तभर  चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो  खाद्यान्न संकट र आर्थिक समस्याका बाबजुद उत्तरसँग हतियार विकास गर्नसक्ने क्षमता कायम छ भन्ने यश परीक्षणले देखाएको छ ।
तपाईको प्रतिक्रिया