शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं — कतारका विदेशमन्त्री तथा उपप्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलथानी भ्रमणको सिलसिलामा अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । काबुल पुगी उनले प्रधानमन्त्री मुल्ला मोहम्मद हसनसँग भेटघाट गरेका छन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि यो वरिष्ठ विदेशी प्रतिनिधिको पहिलो भेट हो।

शेख मोहमम्दले पूर्वराष्ट्रपति हामिद करजई र पूर्व सिइओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटेका छन् ।  विदेशीमन्त्री र प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायतका क्षेत्रमा विचार विमर्श गरेको अफगानी मिडियाले जनाएका छन्।

विश्लेषकहरू कतारी विदेशमन्त्रीको यो भ्रमणले अफगानिस्तानको वर्तमान राजनीतिक अस्थिरता देखाएको बताउँछन् ।  यसभन्दा पहिला विदेशमन्त्रीले टर्की र पाकिस्तानको भ्रमण गरेका थिए ।  कतारले लामो समयदेखि तालिबान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया