मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

पछिल्लो समय अव्यवस्थित जीवनशैली र खानपिनले मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । तर मोटोपन घटाउन भने मानिसहरु बिभिन्न उपाय र औषधिको प्रयोग गर्दछन् । तर यो स्वस्थ्यकर हुँदैन । साथै यसले मोटोपन पनि घटाउन सक्दैन ।

खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकेमा मात्र मोटोपनबाट बच्न सकिन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, अन्य विभिन्न रोग पनि लाग्न सक्छ । त्यसैले खानपिन र व्यायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।

  • तौल घटाउन नियमित व्यायाम गर्ने ।
  • बिहान सबेरै हिँड्ने बानी बसाल्ने ।
  • व्यायामपछि नियमित नुहाउने ।
  • खाना नखाएर मोटोपन घट्दैन तर ठिक्क खाना खाने ।
  • दिनभरिमा ३/४ पटकभन्दा बढी केही पनि नखाने ।
  • नियमित एउटै समयमा खाना खाने ।
  • एकैपटकमा धेरै खाना नखाने ।
  • भोक धेरै लागेको बेला कम क्यालोरी दिने खानेकुरा मात्र सेवन गर्ने ।
  • गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्ने ।
  • खानामा नूनको मात्रा कमै प्रयोग गर्ने ।
  • बेलुकाको खान सबेरै खाने तर खानेबित्तिकै नसुत्ने ।

मोटोपन घटाउन, डाइटिङ सुरु गरेको एक-दुई हप्तासम्म छटपटी लाग्ने, मिठो, अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने हुन्छ । त्यस्तै निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षण देखापर्न सक्छ । त्यसैले तौल घटाउने दृढ संकल्प लिएर सोहीअनुसार काम गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया