शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मानिस स्वस्थ्य रहन र ताजापन महशुस गर्न राति मिठो निन्द्रा लाग्न आवश्यक छ । निन्द्रा लागेर मात्र हुदैँन निन्द्रा पर्याप्त हुन पनि आवश्यक छ । तर आजकल मानिसलाई हतपत निन्द्रा पर्दैन । त्यसैले उनिहरु बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गर्छन् । त्यसो भए राति सहज रुपमा निदाउन के गर्ने त ?

सुत्नुअघि टिभी नहेर्ने
धेरै मानिसहरु राति सुत्नु भन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । तर यस्तो बानीले निन्द्रा बिथोल्ने गर्दछ । त्यसैले सकेसम्म यो बानीलाई छाड्नु पर्दछ ।

अबेरसम्म जागा नरहने
धेरै मानिसहरु राति बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् । जसका कारण उनीहरु राति अबेरसम्म जागा हुने बानी पर्दछ । तर यस्तो बानीले निन्द्रा पर्न दिदैँन । त्यसैले यो बानीलाई तत्काल त्याग्नु पर्दछ ।

सुत्ने र उठ्ने समय निश्चित पार्ने
सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । त्यसैले राति सुत्ने र बिहान उठ्ने समय निश्चित पार्नु पर्दछ ।

राति चिया वा कफी नपिउने
राति सुत्नुअघि चिया वा कफी पिउनु हुदैँन । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।

नियमित योग
योग गर्दा शरीरले आराम पाउँछ । साथै तनाव कम गर्दछ । जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।

तपाईको प्रतिक्रिया