शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – अफगानिस्तानमा आफूहरूलाई पनि राज्य सत्तामा पुरुषबराबर अधिकार माग्दै महिलाको आन्दोलन दिन प्रतिदिन चर्किंदै गएको छ ।

महिलाको विरोध प्रदर्शन राजधानी काबुलबाट विस्तार हुँदै उत्तरपूर्वी प्रान्त बदख्सामसम्म पुगिसकेको छ । त्यहाँ पनि धैरै महिला सडकमा उत्रिएका छन् । यसैबीच सत्तारूढ तालिबान संगठनले भने महिलाविरोधी धारणा सार्वजनिक गरेको छ ।

तालिबानका प्रवक्ता सैयद जकिरुल्लाह हाशमीले भनेका छन्, ‘महिला मन्त्री बन्न सक्दैनन् । महिला मन्त्रिपरिषदमा हुन जरुरी छैन । उनीहरूको काम बच्चा जन्माउने हो । प्रदर्शनकारी महिलाले अफगानिस्तानका सबै महिलाको प्रतिनिधित्व गर्दैनन् ।’ एजेन्सी

तपाईको प्रतिक्रिया