बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ ।

ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो ।

तपाईको प्रतिक्रिया