शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोमा चौतर्फी विरोध भइरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्न नसक्ने भएकाले भत्काउनु परेको बताएको छ ।

प्रतिष्ठानले विज्ञप्ति निकाल्दै घरलाई यथावत् राखी सबलीकरण गर्न नसक्ने भएकाले भत्काइएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो ।’

तपाईको प्रतिक्रिया