मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडाैं – मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनोट भएका छन् । २०७७ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा नौ पुस्तक छनाेट भएकाे मदन पुरस्कार गुठीले जनाएको छ ।

श्रेष्ठ सूचीमा परेका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्‍गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्‍गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ छन् ।

उत्कृष्ट १० पुस्तकको छनोटका लागि मदन पुरस्कार गुठीले समिति गठन गरेको थियो । समितिले २२२ बाट नौ पुस्तक छनोट गरेको गुठीले जनाएको छ । श्रेष्ठ सूचीमा परेका नौमध्ये एक पुस्तकलाई २०७७ को मदन पुरस्कार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया