बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छन् । गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ नियुक्त भएका छन् भने लुम्बिनीको प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नियुक्त भएका गुरुङ र शेरचन दुवै चितवनका हुन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेको जनाएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया