मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडाैं – जापानले कामदार (वर्किङ) भिसा बन्द गरेको छ । नेपालस्थित जापानी दूतावासले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण कामदार भिसा बन्द गरेको जनाएको छ ।

दूतावासले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कामदार भिसा बन्द गरेको जनाएको हो । त्यस्तै दूतावासले कामदार भिसामा जापान लैजाने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको जनाएको छ । दूतावासले ठगी गर्ने गिरोहबाट जोगिन समेत सचेत गराएको छ ।

गत जुलाई १९मा प्रहरीले कामदार भिसामा जापान लैजाने भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको थियो । उक्त घटनापछि सूचना जारी गर्दै दूतावासले सचेत रहन आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया