बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – टोकियो ओलम्पिकमा नेपालका पौडीवाज एलेक्स शाहले राष्ट्रिय कीर्तिमान सहित हिट १ जितेका छन् । उनले टोकियो एक्वेटिक एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।

७ खेलाडी रहेको हिट १ को विजेता बने पनि एलेक्सले अन्य हिटका खेलाडीले उनको भन्दा राम्रो समय निकाल्दा सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । यस स्पर्धामा ७१ खेलाडीले सहभागिता जनाएकोमा उत्कृष्ट समय निकाल्ने १६ जनाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

तपाईको प्रतिक्रिया