बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा महराले उच्च अदालतबाट सफाइ पाएका हुन् ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले उनलाई सफाइ दिने फैसला गरेको हो । पुर्पक्षका लागि थुनामा रहेका महरा काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि थुनामुक्त भएका थिए ।

उच्च अदालतले जिल्ला अदालत काठमाडौंकै फैसला सदर गरेको छ । २०७५ साल असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको आरोप संसद सचिवालयकी कर्मचारीले लगाएकी थिइन् ।

पछि उनले महराले आफूलाई केही नगरेको दावी गर्दै आएकी थिइन् । आरोपितले नै आफूमाथि जबरजस्ती करणी नभएको कसैको दवावमा मात्रै यस्तो आरोप लगाएको भन्ने बयान दिएपछि अदालतले महरालाई सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया