बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिक-२०२० को टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भएपछि ओसाका प्रतियोगिताबाटै बाहिरिएकी हुन् ।

विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयतामा रहेकी ओसाकालाई ६-१, ६-४ को सोझो सेटमा हराएकी हुन् । हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक-२०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ ।

तपाईको प्रतिक्रिया