शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – यसपटकको ओलम्पिकमा नेपालले सहभागिता जनाएको मध्य सबैभन्दा विवाद र चर्चा आएको खेल हो एथ्लेटिक्स । कहिले खेलाडी त कहिले पशिक्षकका कारण यो खेल विवाद र चर्चामा आइरह्यो। अन्तत यो टोली व्यवस्थापकविहीन बनेको छ ।

सुरुमा टोकियो ओलम्पिक जाने नेपाली टोली घोषणा गर्दा नेपाल ओलम्पिक कमिटीले आफ्ना उपमहासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइरालालाई एथ्लेटिक्स टोलीको व्यवस्थापक जिम्मेवारी सुम्पिएको थियो ।

कोइरालाले पहिले नै आफू टोकियो जान नसक्ने बताइसकेका थिए । हाल अमेरिकामा रहेका तिम्सिनाले उतैबाट ओलम्पिकमा जाने बताएका थिए । अन्तिम समयमा उनी प्रतियोगितामा सहभागी हुन नसक्ने बताएपछि एथ्लेटिक्स टोली व्यवस्थापकविहीन बनेको हो ।

तिम्सिनाले पोस्ट गरेका छन् ‘विभिन्न कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको जनकारी गराउँदछु ।’ टोकियो ओलम्पिक नेपालको तर्फबाट सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछिन् ।

तपाईको प्रतिक्रिया