शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं — एकीकरण भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भएको छ। निर्वाचन आयोगले सोमबार जसपा अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएको छ।

५१ मध्ये १६ केन्द्रीय कार्यकारिणी सदस्यको साथ पाएका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ। १० वैशाख २०७७ मा साविक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जसपा बनेपछि यो पार्टीको प्रतिनिधि सभामा सांसद संख्या ३४ पुग्यो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई लिएर जसपा दुई ध्रुवमा विभाजित भयो। उपेन्द्र यादव पक्षले असंवैधानिक र अलोकतान्त्रिक भन्दै विघटनको विरोध गरिरह्यो। ठाकुर पक्ष भने प्रतिनिधि सभा विघटनलाई समर्थन गरेर ओली नेतृत्वको सरकारमा सहभागी भयो।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीको कदमलाई हेर्ने दृष्टिकोण नमिल्दा जसपा विभाजित भएको हो। यो विभाजनमा केन्द्रीय कार्यकारिणी समिति र जसपाका संघीय सांसद मध्ये यादव जति उपेन्द्र यादवको पक्षमा उभिएका छन्।

जबकि जसपा बन्नुअघि महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमारसिंह यादव लगायतका नेताहरू महन्थ ठाकुरको पार्टीमा थिए।

तपाईको प्रतिक्रिया