शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – टोकियो ओलम्पिकमा तेस्रो दिन पदक जित्ने देशको संख्या ४६ पुगेको छ । त्यस्तै तेस्रो दिन २१ स्वर्ण पदकसहित अहिलेसम्म ५० स्वर्ण पदकको छिनोफानो भएको छ ।

तेस्रो दिनको खेल सकिदा आयोजक जापान पदक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जापानले ८ स्वर्ण पदकसहित २ रजत र ३ काश्य पदक गरि कुल १३ पटक जितेर पदक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै अमेरिका ७ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित १४ पटक जितेर दोस्रो स्थानमा छ भने चीन ६ स्वर्ण, ५ रजत र ७ काश्य पदकसहित १८ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै रसियन ओलम्पिक कमिटीले ४ स्वर्ण, ५ रजत र ३ कश्य पदकसहित १२ पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले ३ स्वर्ण, ३ रजत र एक काश्य पदक जितेर पाँचौ स्थानमा छ भने दक्षिण कोरिया ३ स्वर्ण र ४ काश्य पदक जितेर छैटौ स्थानमा रहेको छ । त्यसैगरी अस्ट्रेलियाले २ स्वर्ण, एक रजत र ३ काश्य पदक जितेर सातौ स्थानमा छ भने कोसोभोले २ स्वर्ण पदक जितेर आठौ स्थानमा रहेको छ ।

त्यस्तै इटालीले एक स्वर्ण, ४ रजत र ४ काश्यपदक जितेको छ भने फ्रान्सले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यस्तै क्यानाडाले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ भने हंगेरी र ट्युनिसियाले एक-एक स्वर्ण र एक-एक रजत पदक जितेका छन् । त्यस्तै क्रोसिया र स्लोभानियाले एक एक स्वर र एक-एक काश्य पदक जितेका छन् ।

त्यसैगरी अस्ट्रिया, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्याण्ड र उज्वेकिस्तानले एक-एक स्वर्ण पदक जितेका छन् । त्यस्तै नेदरल्यान्ड्सले ३ रजत, चाइनिज ताइपेइले २ रजत र २ काश्य, ब्राजिलले २ रजत र एक काश्य, जर्जियाले २ रजत पदक जितेका छन् ।

त्यस्तै चेक रिपब्लिक, स्पेन, इन्डोनेसिया, सर्बिया र स्वीट्जरल्याण्डले एक-एक रजत र एक-एक काश्य पदक जितेका छन् । त्यस्तै बेल्जियम, बुल्गेरिया, कोलम्बिया, डेनमार्क, भारत, जोर्डन र रोमानियाले एक एक रजत पदक जितेका छन् ।

त्यस्तै जर्मनी र काज्खास्तानले ३-३ काश्य पदक जितेका छन् भने इजिप्ट, मंगोलिया, टर्की र युक्रेनले २-२ काश्य पदक जितेका छन् । त्यस्तै आइभरी कोष्ट, इस्टोनिया, इजरायल, कुवेत, मेक्सिको र न्यूजील्याण्डले एक-एक काश्य पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया