मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टाेकियाे – जापानमा जारी टोकियो ओलम्पिकमा स्वर्ण जित्दै आयोजक राष्ट्रका दाजु बहिनीले कीर्तिमान बनाएका छन् । जुडो खेलाडी हिफुमी आवे (दाजु) र उता आवे (बहिनी) ओलम्पिक इतिहासमा एकै दिन एकै खेलबाट स्वर्ण हात पार्ने पहिलो दाजु बहिनी बनेका छन् ।

२१ वर्षीया बहिनी उताले महिला ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय दाजु हिफुमीले पुरुष ६६ केजी मुनिको तौल समूहमा स्वर्ण हात पारेका हुन् । निप्पोन बुकानमा आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन फ्रान्सकी एमादिनी बुचार्डलाई ४ मिनेटको बराबरीपछि गोल्डेन स्कोरमा पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

त्यसको २० मिनेटपछि नै हिफुमीले जर्जियाका भाझा मार्गभेलास्भिलीलाई वाजा रीको आधारमा हराउँदै स्वर्ण पदक हात पारे । ‘मलाई लाग्छ हामीले इतिहासमा नाम लेखाएका छौँ र यसलाई परिवर्तन गरेका छौँ’, हिफुमीले स्वर्ण जितपछि भने, ‘मैले विगत ४ वर्षदेखि कडा मेहनत गरेको थिएँ । त्यसको प्रतिफल पाएकोमा खुुसी छु ।’

‘बुचार्ड एक उत्कृष्ट प्रतिद्वन्द्वी हुन्, म उनलाई सम्मान गर्छु’, उताले भनिन्, ‘ उनलाई हराउन सफल भएकोमा निकै खुसी छु ।’

तपाईको प्रतिक्रिया