शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं — श्रीलंकाविरुद्धको पहिलो टी २० क्रिकेटमा भारत ३८ रनले विजयी भएको छ । जितसँगै भारतले टी २० सिरिजमा १–० को अग्रता लिन सफल भएको छ  ।

पाहुना टोली भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंका १८.३ ओभरमा १२६ रनमा रोकिएको थियो ।  श्रीलंका  चारिथ असलंकाले सर्वाधिक ४४ रन बनाउँदा, अभिष्का फर्नान्डोले २६ रनको योगदान गरेका थिए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहारले दुई विकेट लिए ।  पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, रनको योगदान गरेका थिए । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुई–दुई विकेट लिएका थिए   ।

तपाईको प्रतिक्रिया