शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टाेकियाे – टोकियो ओलम्पिकमा दोस्रो दिन पदक जित्ने देशको संख्या ३५ पुगेको छ । पहिलो दिन ११ स्वर्ण पदकको निर्णय भएकोमा दोस्रो दिन १८ स्वर्ण पदकको निर्णय भएसँगै अहिलेसम्म २९ स्वर्ण पदकको नतिजा आएको हाे ।

ओलम्पिकको दोस्रो दिनसम्म चीनले सबैभन्दा बढी ६ स्वर्णपदक जितेको छ । चीनले ६ स्वर्ण र एक रजत र ४ काश्य पदकसहित कुल ११ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । चीनले टोकियो ओलम्पिकको पहिलो स्वर्ण पदकसमेत जितेको थियो । सुटिंग खेलाडी कियान याङले पहिलो स्वर्ण पदक जितेकी हुन् ।

त्यसैगरी आयोजक जापान अहिलेसम्म ५ स्वर्ण पदक जितेर दोस्रो स्थानमा रहेको छ । जापानले ५ स्वर्ण र एक रजत पदकसहित कुल ६ पदक जितेको छ । त्यस्तै पहिलो दिन पदक विहिन भएको अमेरिकाले दोस्रो दिन भने ४ स्वर्ण पदक जितेको छ । अमेरिका ४ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित १० पटक जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले २ स्वर्ण र ३ काश्य पदक जितेर पदक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै गरि अहिलेसम्म रसियन ओलम्पिक टिमले एक स्वर्ण चार रजत र एक काश्य , इटाली एक स्वर्ण एक रजत र ३ काश्य, अस्ट्रेलिया र फ्रान्सले एक स्वर्ण एक रजत र एक काश्य, हंगेरी र ट्युनिसियाले एक स्वर्ण र एक रजत जितेका छन् । त्यस्तैअस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, थाइल्याण्ड उज्बेकिस्तानले एक-एक स्वर्ण पदक जितेका छन् ।

त्यस्तै अहिलेसम्म क्यानाडा र नेदरल्याण्डसले २-२ रजत पदक जितेका छन् । त्यस्तैगरी ब्राजिल, ग्रेट ब्रिटेन, इन्डोनेसिया, सर्बिया, चाइनिज ताइपेइले एक-एक रजत र एक-एक काश्य पदक जितेका छन् । त्यसैगरी बुल्गेरिया, कोलोम्बिया, स्पेन, जर्जिया, भारत, रोमानियाले एक एक रजत पदक जितेका छन् ।

त्यस्तै जर्मनी, कजाकिस्तान, टर्की र युक्रेनले २-२ कश्य पदक जितेका छन् भने इस्टोनिया, इजरायल, मेक्सिको, मंगोलिया, स्लोभेनिया र स्वीट्जरल्याण्डले एक एक काश्य पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया