बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – बलिवुडका सुपरस्टार प्रभासले महानायक अमिताभ बच्चनसँग नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । अमिताभ र प्रभासको यस फिल्मको निर्देशन नाग आश्विनले गर्दै छन् भने यस फिल्मलाई साइन्स फिक्शन फिल्म भनिएको छ ।

अहमदावादको रामोजी फिल्म सिटीमा मुहुर्त गरिएको छ । प्रभासले फिल्मको शुरवात भएको जानाकरी दिदै गुरु पुर्णिमाको अवसरमा भारतीय सिनेमाका गुरुका लागि क्लाप गर्ने अवसर सौभाग्यको विषय भएको बताएका छन् । ‘प्रोजेक्ट-के’ नाम दिइएको यस फिल्ममा अमिताभ र प्रभास बाहेक यस फिल्ममा दीपीका पादुकोण, नाग आश्विन र वैजन्ती मूवीजले अभिनय गर्दै छन् । साइन्स फिक्शन यस फिल्ममा प्रभासको अपोजिटमा दीपिका रहेकी छन् ।

तपाईको प्रतिक्रिया