शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – एकैपटक २४ वटा शव बोकेर आएको जहाज शनिबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण हुनेबित्तिकै आफन्तहरुको रुवाबासी चल्न थाल्यो । जसै जहाजबाट शवहरु निकाल्न थालियो मानिसहरुको रोदन बढेर गयो ।

धन कमाएर परिवारलाई खुशी दिन उडेकाहरु काठको बाकसमा ‘प्याक’ भएर फर्केपछि आफन्तहरुलाई पर्ने पीडा असह्य हुन्छ । त्यही पीडाका दारुण दृष्यहरु शनिबार बिहान त्रिभूवन विमानस्थलमा छरपस्ट भए ।

मलेसियाबाट ३ अस्तुसहित २४ वटा शव शनिबार नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबाट ल्याइएको थियो ।क-कसको शव आयो ?
बुद्धिराम कामी- सल्यान, मनीराम चौधरी- बर्दिया, कर्णबहादुर बुढाथोकी- बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी- बाग्लुङ, झापटबहादुर थापा- तनहुँ, दलबहादुर मोक्तान- पाँचथर, कृष्णकुमार राई- ललितपुर, होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु- बारा, अमरबहादुर माझी- सिन्धुपाल्चोक, लोकबहादुर शाही- दैलेख, रुपेशपुलामी मगर- सिरहा, श्यामु थारु- कपिलवस्तु, सोमरबहादुर तामाङ- ओखलढुङ्गा, शम्भु विक- झापा, कमलादेवी भण्डारी- मोरङ, लोकबन्धु लावती- झापा, मति तामाङ- नवलपरासी, यमबहादुर सनारी- पाल्पा, दलमान तामाङ- ओखलढुङ्गा, गोविन्द बोहरा- झापा। अस्तु ल्याइएका – मोहनप्रसाद चौधरी- नवलपरासी, मीनबहादुर विष्ट- डढेलधुरा, रोशनकुमार यादव- सिरहा ।

तपाईको प्रतिक्रिया