बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं — अमेरिकाले ८ हजार अफगान नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ ।

अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक पारित गरेको हो ।

दुवै सदनले उक्त विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अमेरिकामा बसोबासको अनुमति पाउने भएका छन् ।

संसदको तल्लो सदनमा भएको मतदानमा ४०७ जना सांसदले सो विधेयकको पक्षमा मतदान गरेका थिए । अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा आफ्ना सेना राखेको थियो । सो समयमा अमेरिकी सेनाले तालिवानी विद्रोहीविरुद्धको कारवाहीलाई तीव्र बनाएको थियो ।

सन् २००१ मा अलकायदाका नेता ओसामा विन लादेनले अमेरिकामा आत्मघाती हमला गरेसँगै अमेरिकाले अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाले आगामी डिसेम्बरदेखि सो भिसा वितरण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया