बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – संसारकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोस करिब ११ मिनेटको अन्तरिक्षको यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । बेजोस आफूसहित अन्य तीन जना लिएर आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्ष गएका थिए ।

सुपरसोनिक रकेटमा अन्तरिक्षको यात्रामा उडेका उनी केही समयपछि नै धर्तीमा फर्किएको अमेरिकी समाचार संस्थाहरूले बताएका छन् ।  उनीसँग उनका भाइ मार्क बेजोस, पाइलट र १८ वर्षीय महिला अन्तरिक्षमा गएका थिए ।

याे पनि : जेफ बेजोसको पूरा भयो अन्तरिक्ष यात्रा (भिडियो)

तपाईको प्रतिक्रिया