Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

त्यसै कसैलाई छि, छि भन्ने रहर हुँदैन । त्यसका गतिविधीले उक्त शब्द उचारण गर्न बाध्य बनाउँछ । त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला विश्वकै सभ्य मुलुकहरु मध्ये पर्ने जापानमा छौं । जहाँ हामी कर्म गरिरहेका छौं र पनि हाम्रा गतिविधी भने सभ्य छैनन् । ब्यक्ति मात्र नभई नेपालीका लागि भनेर स्थापना गरिएको संस्थाहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको देख्दा उदेक लागेर आउँछ । अझ आफुलाई नेपाली साझा संस्था भनेर कहिलै नथाक्ने एनआरएनए भित्रको गतिविधीले हरेक नेपालीको मुखबाट छि भन्ने शब्द आएको छ । आफुलाई एनआरएनएका अभियन्ता घोषणा गर्नेहरु जापानमा अरु कुरा त छोडौं, संस्थामा नेतृत्व गरेका महाशयहरुले हरेक ठाँउमा भ्रष्टाचार गरेका छन् । यतिसम्म कि जापानमा दुर्घटनामा परेर मृत्यू भएका परिवारलाई आएको राहत रकम पनि बिचैमा खानेहरु देख्दा छि, छि एनआरएनए नभनेर कसले आहा एनआरएनए भन्न सक्ला र ?

एनआरएनए जापानमा स्थापनादेखि अहिलेसम्म भ्रष्टाचार हुन रोकिएको छैन । जसका कारण ब्यापक बिरोध आएपछि त्यसका निम्ति छानबिन समिति बन्यो । नेपालीहरुको साझा संस्था भनेर दावी गरिएको एनआरएनए, जापानमा व्यापक भ्रष्टाचार भयो भनि आवाज उठेपछि एनआरएनए आइसीसीद्वारा छानबिन गर्न समिति नै गठन गरिएको थियो । एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजकत्वमा उच्चस्तरिय छानविन समितिले एनआरएनए जापानको बर्तमान कार्यसमिति, अघिल्ला कार्यसमिति र सरोकारवाला सम्बन्धित जापानबासी नेपालीहरूलाई सहयोग गर्न अपिल गरेको थियो । समितिले एनआरएनए जापानले सन् २०१५ मा महाभूकम्पमा राहत स्वरुप उठाइको रकम प्रयोग सम्बन्धमा, सन् २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकम सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा उजुरी रहेको बताईएको थियो । लामो समयको प्रतिक्षापछि छानबिन समितिको प्रतिबेदन त आयो तर उक्त प्रतिबेदन ’हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ । किन कि प्रतिबेदनमा भ्रष्टाचार, अनियमिता त भयो भनिएको छ । तर भ्रष्टाचार अनि अनियमितता कसले गर्‍यो, कहाँनेर गर्‍यो भन्ने आँट गरिएको छैन । यसलाई जापानबासी नेपाली कसरी बुझने गहन प्रश्न तेर्सिएको छ ।
यतिवेला नयाँ नेत्तृत्वका लागि एनआरएनए जापानको अधिवेशन नजिकिदैं जाँदा जापानका यस सँस्थाको नेतृत्वका लागि ईच्छा जनाउनेहरूको चहल, पहल बढेको छ । एनआरएनए जापानको १० औं अधिबेशन सम्पन्न गर्नका लागि यसअघि नै निर्वाचन समितिको आयुक्तमा डा. नेत्रप्रकाश भण्डारी, ऋषव पौडेल र गृष्मा पौडेल चयन भईसकेका छन् । बिवादका कारण गृष्मा पौडेलले भने राजीनामा दिएकी छिन् । जापानमा सन् २००४ मा स्थापना भएको एनआरएनएको १० औं अधिवेशन जुलाई २५ तारिखका दिन ओसाकामा आयोजना हुँदै छ । सदस्यताका लागि करीब १२ हजारले आवेदन दिएकोमा अहिलेसम्म ९ हजार २ सय ७३ जनाको सदस्यता स्वीकृत भएको बताइएको छ । करीब १ लाख नेपालीको जनसंख्या रहेको जापानमा १० प्रतिशत मात्र नेपालीले एनआरएनएको सदस्यता लिनुले पनि यसप्रति जापानका नेपालीको भरोसा अनि बिश्वसनियता कति छ भन्ने प्रष्ट हुन्छ ।

पछिल्लो समय जापानमा एनआरएनएको नेता बन्नका लागि सामाजिक सञ्जाल रंगिएका छन् । भोट माग्नेको ताँतीनै देख्न सकिन्छ । आफुले जितेपछि सारा काम गर्ने ठेलीनै प्रस्तुत गरिएका छन् । थाहा छ, चुनाव जितेपछि केहि हुनेवला छैन । अन्यमा, एनआरएनएमा अब जितेर आउनेलाई एउटै मात्र अनुरोध छ, एनआरएनएमा गएर केहि काम गर्न नसके पनि तपाईहरुका गतिविधीले छि एनआरएनए भन्न नपरोस् !
(लेखक नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया