शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – डा. हेमन्त खतिवडाको पहिलो आध्यात्मिक गीत सङ्ग्रह (भजन सङ्ग्रह) सार्वजनिक भएको छ । यसमा १ सय ६ थान भजन संग्रहित छन् ।

यसमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीका भजन समेटिएको छ । सङ्ग्रहका ५० भजनमा आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायत गायक/गायिकाले स्वर दिएका छन् । भजनहरुमा जीवन-मृत्यु, आशा र उत्साहलाई उजागर गर्न खोजिएको छ ।

मृत्युलाई पनि उत्सवका रूपमा चित्रण गरेर कतिपय भजन लेखिएको खतिवडा बताउँछन् । ‘यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन्,’ उनी भन्छन् ।

२०५३ सालमा संगीत साधक नातिकाजीको स्वर तथा संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर उनी सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रहको मूल्य २ सय रुपियाँ छ ।

तपाईको प्रतिक्रिया