बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

जिन्दगीले ठक्कर दिँदा नि बाँच्नु पर्ने रहेछ
समस्याको पहाडले थिचे नि हाँस्नु पर्ने रहेछ ।

हिजो जीवन मेरो मात्र थियो आज अरू कसैको नि
बाँच्ने आधार गुमे पनि फेरी नाच्नु पर्ने रहेछ ।

वर्षौंको कमाई आफ्नो, अर्काले लाँदा पनि
साथीसँगी बनाउँदा नि औकात जाच्नु पर्ने रहेछ।

मीठो बोली हाँसो तर सबै आवरणमै शङ्का हुने
छाती दुखी मुटु फुटे पनि बाँच्नु पर्ने रहेछ ।

यसै कारण जिन्दगीको केही भरोसा नहुने रे
पीडाले दिमाग शून्य भए नि जीवन साच्नु पर्ने रहेछ ।

  • गृष्मा पौड्याल
    टोकियो  -जापान
तपाईको प्रतिक्रिया