Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीमाथिको आरोप र अधिवेशनबारे निर्णय लिएको छ । एनआरएनए केन्द्रले अधिवेशन तोकिएकै मितिमा गर्न निर्देशन दिएको हो ।

एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले एक पत्र लेख्दै अधिवेशन तोकिएकै मितिमा गर्न र अनुशासन समितिको निर्णय नआउञ्जेलसम्म भण्डारीलाई अध्यक्षपदबाट निस्कृय रहन भनेका छन् । पत्रमा संयोजक डा. नेत्र प्रकाश भण्डारी र सदस्य रिसब पौडेल र ग्रिस्मा पौडेल रहेको निर्वाचन समितिलाई निर्वाचन गराउन भनिएको छ ।

संघका पूर्व अध्यक्ष भवन भट्टको संयोजकत्वमा पहिले नै गठित ५ सदस्यीय निर्वाचन अनुगमन समितिमा जापानबाट आईसीसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु, एशिया प्याशिफिकका संयोजक, सहसंयोजक तथा युवा संयोजक थप गरी एक उच्च स्तरिय निर्वाचन अनुगमन समिति बनाउने निर्णय गरेको छ । उक्त समितिलाई निर्वाचन र महाधिवेशनको निरीक्षण गर्ने तथा निर्वाचन समिति र राष्ट्रिय समन्वय परिषद बिच समन्वय गरि महाधिवेशन र निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण निर्णय लिने अधिकारी दिइएको छ ।

उक्त समितिका निवर्तमान अध्यक्ष, भवन भट्ट (संयोजक) तथा सदस्यहरुमा गोविन्द श्रेष्ठ, पारसमणी पोखरेल, दिपक कँडेल, नारायण सुवेदी, डिपि कँडेल, ददिवाल खड्का, तुल्सी राम खरेल, ईन्दिरा सुजुकी, रोशन केसी, विजय थकाली, डा भुपालमान श्रेष्ठ र बाबुराम भण्डारीलाई राखिएको छ ।

वर्तमान कार्यसमितिको तर्फबाट महासचिव र कोषाध्यक्षले बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गर्ने भनिएको छ । अध्यक्ष पन्तले महाधिवेशन सञ्चालन गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा रहेको समितिलाई अध्यक्ष मण्डलको गठन गर्न भनेका छन् । ‘राजन प्रधानाङ्गाको संयोजकत्वमा बनेको छानबिन समितिले तयार पारेको आर्थिक प्रतिवेदनको थप अध्ययन गरी उचित निर्णय लिन अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एक समिति बनाउनेछ’ पत्रमा अगाडि भनिएको छ ।

हेर्नुहोस् निर्णयको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया