शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई सम्मान प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जन एवं उपप्रमुख श्रीमती गीता सत्यालको उपस्थितिमा भएको सम्मान समारोहमा प्रमुख महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा. श्रेष्ठले अतुलनीय योगदान पुर्याएको बताए । डा. श्रेष्ठले हालसालै पाएको कोबायासी फाउण्डेसन पुरस्कार यसै समर्पणको एक मूर्त रुप भएको उनले बताए ।

श्रेष्ठले कोबायासी क्यान्सर फाउण्डेसन अवार्ड २०२० प्राप्त गरेका थिए । यो अवार्ड जापानको कोबायासी फाउण्डेनले क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्तालाई प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया