शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।

निगमले यसअघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया