शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ती पदाधिकारीले कानुन विपरीत बदनियतपूर्वक कर छुट दिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया