शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ १० देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको छ ।

  • कुन गन्तव्यमा कुन एयरलाइन्स ?

  • सार्वजनिक तालिका अनुसार कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान ।
  • दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान।
  • मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।
  • काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान।
  • साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान।
  • कुबेतमा कुबेती वायुसेवाले २ उडान।
  • काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान।
  • काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।
  • दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान।
  • जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।

यो पनि : टोकियोसहित यी रुटमा अन्तर्राष्ट्रिय उडान खुला

तपाईको प्रतिक्रिया