शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान)ले चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको क्युरेटरका रुपमा अजय पाण्डेलाई नियुक्त गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनको विशेष अनुरोधमा क्यानले पाण्डेलाई १ महिनाका लागि क्युरेटरमा नियुक्त गरेको हो ।

चितवन पुगेर पाण्डेले मैदान तथा पिचको अवस्था सुधार गर्न सहयोग गर्नेछन् । उनले यसअघि मुलपानी क्रिकेट मैदानमा पनि क्युरेटरका रुपमा काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया