गुडिरहेको टिपरमा आगलागी

काठमाडाैं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१०, प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित