अमेरिकालाई उत्तरकोरियाली नेता किमकी बहिनीको चेतावनी

काठमाडौं – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशका सर्वोच्च नेताले दिएको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न अमेरिकालाई चेतावनी दिएकी छन् । जोङले अमेरिकाले किमको अभिव्यक्तिलाई गलत अर्थमा बुझे निराशा मात्र हात लाग्ने बताएकी छन् । उत्तर कोरियाको सत्ताधारी वर्कस पार्टीका वरिष्ठ नेतृ समेत रहेकी जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘अमेरिका उत्तर कोरियाले दिएका संकेतहरुको गलत अर्थ लगाइरहेको छ ।’ उत्तरकोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनको रिपोर्ट अनुसार जोङले भनेकी छन्ः ‘यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आङ्कलन गरिरहेको छ ।’

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले उत्तर कोरियासँग वार्ता प्रक्रियालाई पुनः अगाडि बढाउने उद्देश्यका साथ आइतबार दक्षिण कोरियाका राष्ट्रपतिसँग छलफल गरेका थिए । सोही क्रममा उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्योङयाङमा दिएको भाषण चाखलाग्दो संकेत भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित