शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन १२औँ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

जितसँगै समूह ‘डी’ को शीर्ष स्थानको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । हारका बाबजुद चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

तपाईको प्रतिक्रिया