शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो ।

आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ । बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं-दाहा सातामा ४ उडान हुनेछन् ।

तपाईको प्रतिक्रिया