बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – उत्तर कोरियाले विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई आफ्नो देशमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराएको छ ।

जुन १० देखि उत्तर कोरियामा हालसम्म ३० हजारमा कोरोना परीक्षण भएको तर एक जनामा पनि कोरोना नदेखिएको उत्तरले डब्लूएचओलाई बताएको हो । तर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस उत्तर कोरियामा देखिएको छैन भन्ने भनाइलाई विज्ञहरु पत्याउँदैनन् ।

विज्ञहरुका अनुसार उत्तर कोरिया र कोरोना पहिलो पटक देखिएको चीनको सीमा जोडिएको छ भने त्यहाँको स्वास्थ्य प्रणाली राम्रो छैन । यदि उत्तर बाहेक अन्य देशका विज्ञले त्यहाँ गएर अनुसन्धान गरे उत्तर कोरियामा कोरोना संक्रमित भेटिने उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया