बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)मा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएसँगै सवारीकाे चाप बढेको हो ।निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएको छ । बिहानैदेखि उपत्यकामा कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।मुख्य सडकका केही चोकमा जाम देखिएकाे छ भने भित्रि सडकमा पनि सवारी बाक्लिएका छन् । पसलहरुमा किनमेल गर्नेको भीड पनि बढेको छ ।

  • तस्बिर : गोरखापत्रबाट

तपाईको प्रतिक्रिया