शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – अमेरिकामा गोली काण्डमा परी ३ जनाको मृत्यु भएको अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा गोली चलेकाे छ । अर्वदा शहरको प्रहरीलाई उद्धृत गर्दै सिन्ह्वाले दिएको जानकारी अनुसार अर्वदा पुस्तकालयको नजिकमा एक व्यक्तिले गोली चलाएका थिए।

गोली प्रहारबाट एक प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको छ । गोली प्रहारबाट एक प्रहरी, अर्का एक व्यक्तिको मृत्यु भएको हाे । क्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएका छन् ।

ती व्यक्तिले प्रहरी लक्षित आक्रमण गरेका थिए, घटनामा एक जना प्रहरी पनि घाइते भएका छन् । व्यक्तिले प्रहरीमाथि गोली चलाउनुको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया