बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – निषेधाज्ञाबीच जारी अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुलेको व्यापाक गुनासोपछि सम्बद्धलाई कारबाहीको दायरामा ल्याउन सरकारले छानबिन समिति गठन गरेको छ ।

कोरोना भाइरस महामारी संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न मन्त्रिपरिषदको गत वैशाख १९ को निर्णयअनुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेका थिए । तर, केही ट्राभल एजेन्सीले तोकिएको भन्दा अत्यधिक चर्को भाडा दर असुल गरेको गुनासो विभिन्न माध्यमबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्राप्त भएपछि छानबिन समिति गठन गरिएको सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

पर्यटन मन्त्रालयका अनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल गरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया