शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं – कुनै समय कोरोना भाइरसबाट निकै आक्रान्त भएको युरोपियन देश इटालीमा जुन २८ बाट मास्क लगाउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले जुन २८ बाट मास्क अनिवार्य नहुने बताएको छ ।

इटालीका विज्ञहरूले जुन २८ बाट पुरै इटाली सुरक्षित स्थान हुने अनुमान गरेका छन् । सोमबार इटालीमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने ४९५ जनामा संक्रमण पुष्टि भएको थियो । इटालीको टाइनी एओस्टा भेली बाहेक अन्य क्षेत्रमा अबदेखि बिना मास्क हिँड्न पाइनेछ ।

इटालीमा हालसम्म १ लाख २७ हजार २९१ जनाले ज्यान गुमाएका छन् । यसै गरी ४२ लाख ५३ हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ ।  इटालीमा डेढ करोडभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया