बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौं – नेपाल धितोपत्र बोर्डले असार १ गते ५१ कम्पनीको सेयर जोखिम भनेर सूची सार्वजनिक गरेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ। सेयर बजार लगातार पाँच दिनसम्म ओरालो लाग्दा करिब २ सय अंकले घटेको छ। ३ हजार २५ अंकको उच्चतम विन्दु पुगेको सेयर बजार सोमबार नेप्से सूचक २ हजार ८ सय ३४ मा पुगेको छ। सोमबार ७२ अंकले घट्न पुगेको छ। यसअघि ५२ अंकले घटेको थियो।

सोमबार २ सय २७ कम्पनीको साढे ११ अर्बरुपैयाँको सेयर कारोबार भयो।  चार कम्पनीबाहेक अरू सबैको सेयर घटेको छ।

असारअघि २० अर्बसम्म कारोबार भएको सेयर पछिल्लो समयमा घट्दै गइरहेको छ। बोर्डले सूची सार्वजनिक गरेसँगै सेयर घट्दै गएपनि निषेधाज्ञा केही सहज भएका कारण पनि सेयर बजारको कारोबारमा केही कमी आएको बताइन्छ।

तपाईको प्रतिक्रिया