बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाण्डाै – अस्ट्रिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

उसका लागि बोम्गाटर्नले गोल गरे । समूह ‘सी’ मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्छ ।

अष्ट्रिया सन् २००८ मा पहिलो पटक युरोकपका लागि छनोट भएको थियो। सन् २०१६ को युरोकपमा अष्ट्रिया छनोट भए पनि समूह चरण पार गर्न सकेको थिएन।

२०२० मा भने होस्ट नेसनको रुपमा अष्ट्रिया युरोकपका लागि छनोट भएको थियो। अष्ट्रिया १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया