शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – जारी कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित हात पारेको छ। सोमबार बिहान सम्पन्न खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५३ औं मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ६४औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो। जितसँगै समूह ’बी’ को पेरु २ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। कोलम्बियाले ३ खेलबाट ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ।

यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

तपाईको प्रतिक्रिया