मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडाैं – आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने ज्वाला संग्रौलाको समूहमाथि टेकुको प्रहरी कार्यालयको गेटबाहिर हातपात भएको छ । महानगरीय प्रहरी परिसरको गेटबाहिर ज्वालाका श्रीमान् हिमाल उपाध्ययमाथि युवा संघका कार्यकर्ताले हातपात  गरेका हुन् ।

हातपात गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महागरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले हातपात गर्ने सुनील खत्री र सुमन चित्रकारलाई नियन्त्रणमा लिइएको बताए । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि प्रहरी कार्यालयभित्रै हातपात भएको भन्दै परिसरमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि ज्वालासहितको टिमलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि जाने क्रममा युवा संघका कार्यकर्ताले उनीहरुलाई गेटबाहिरै हातपात गरेका हुन् । प्रहरीले ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवालाई समेत पक्राउ गरेको छ । उनीहरुमाथि पनि हातपात तथा अभद्र व्यवहारको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन शुरु भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो ।

तपाईको प्रतिक्रिया