थप ३४५६ जना कोरोनामुक्त हुँदा मृतक र संक्रमित कति ?

काठमाडौं – २४ घण्टायता देशभर ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको छ । योसँगै देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित