शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – पोल्याण्डका मिडफिल्डर कास्पर कोजलोस्की युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । गएराति स्पेनविरुद्ध मैदानमा उत्रिँदा उनको उमेर १७ वर्ष २४६ दिन रहेको थियो ।

खेलको ५५औँ मिनेटमा म्याथुज क्लिजको स्थानमा मैदान प्रवेश गरेका कास्परले इङ्ल्यान्डका जुडे बेलिङ्घमले यही युरो कपका राखेको कीर्तिमान भङ्ग गरेका हुन् ।

जनु १३ मा क्रोएसियाविरुद्ध मैदानमा उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिन रहेको थियो । बेलिङ्घमले नेदरल्यान्डका जेट्रो विलेम्सले सन् २०२१ मा बनाएको १८ वर्ष ७१ दिनको कीर्तिमान तोडेका थिए ।

तपाईको प्रतिक्रिया