शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले शनिबार राती भएको खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो । जर्मनीको म्युनिखमा भएको खेलमा  जर्मनीका लाा‍‍‍‍‍गि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गोल गरे।खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो।क्रिस्टियानो रोनाल्डोले १५ औँ मिनेटममा अग्रता दिलाएका थिए।

तर पोर्चुगलकै दुईवटा आत्मघाती गोलमा जर्मनीले अग्रता लिएको थियो। पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा  गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए।

समूहमा २ खेलपछि फ्रान्स  ४ अंकसहित शीर्षस्थानमा छ। २ खेलपछि जर्मनी र पोर्चुगलको ३/३ अंक छ। २ खेल खेलेको हंगेरीको १ अंक छ। समूहको अन्तिम खेलमा जर्मनीको हंगेरी र पोर्चुगलको फ्रान्ससँग प्रतिस्पर्धा हुने छ।

तपाईको प्रतिक्रिया